Logo
Logo

मेस्सीको दुई गोलले कीर्तिमानी खेलमा बार्सिलोनाको सहज जित


दृष्टि संवाददाता


काठमाडौं । बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । लिओनल मेस्सीले दुई गोल गरेसँगै उक्त स्थान हासिन गर्न सफल भएको हो । बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेलका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेले ।

मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३ औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्