Logo
Logo

कर छल्नेलाई मन्त्रीको साथ


दृष्टि संवाददाता


काठमाडौं । सरकारका नयाँ मन्त्रीहरूको ध्यान नै कमाउनेमा केन्द्रित छ । सरकार कहिले ढल्ने टुंगो नभएकाले कमाउ अभियानमा मन्त्रीहरु सक्रिय भएका छन् ।

त्यसमध्ये एक हुन् सहरी विकास मन्त्री प्रभु साह । मन्त्री पदकै लोभमा उनले माओवादी छाडेका थिए । मन्त्रालय अन्र्तगत ठूलो संख्यामा सिडिइको सरुवा गर्न उनले सहयोगी परिचालन गरेका छन् ।

कर छल्नेलाई जोगाउन पनि मन्त्री साह लागिपरेको स्रोत बताउँछ । राजश्व अनुसन्धान विभागले साह निकट एक व्यापारीको बिआरटी नामक कम्पनीमाथि छानबिन गरिरहेको छ । नक्कली भ्याटबिल बनाएको अभियोगमा छानबिन चलिरहेका मन्त्री साहले पनि छानबिन रोक्न दबाब दिएको विभाग स्रोत बताउँछ । मन्त्रीको दबाबपछि छापा हान्ने तयारीमा विभाग रहेपनि रोकिएको छ ।

हाल राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष मातहतमा छ । जहाँ हालै सहसचिव राम प्रसाद आचार्यलाई पठाइएको छ । उक्त विभागलाई आफू मातहत ल्याएपछि प्रधानमन्त्रीका सहयोगीले व्यापारी तर्साएर पैसा उठाउने माध्यम बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्