Logo
Logo

समयले सबैलाई फेसनेवल बनायो– प्रविना केसी, फेसन डिजाइनर


दृष्टि संवाददाता


पछिल्लो समय सहरमा बुटिक व्यवसायी फस्टाएको छ । मानिसमा फेसनप्रति चासो र रुचि बढ्दै गएपछि फेसन डिजाइनर बन्नेहरुको भीड उस्तै बढ्दैछ । फेसन पारखीहरुको चाहना र रुचिलाई ध्यानमा राख्दै फेसन डिजाइनर प्रविना केसीले कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । बुटिक सञ्चालनमा ल्याएसँगै डिजाइनर बन्ने आफ्नो सानैदेखिको सपना साकार भएको उनको भनाइ छ । आईआईएफटी ‘फेसन अफ स्कुल’बाट फेसन डिजाइनिङ कोर्ष पूरा गरेपछि फेसन व्यवसायमा लागेकी प्रविना भन्छिन्, ‘बुटिकको भीडमा बेग्लै पहिचान बनाउने उद्देश्य लिएकी छन् ।’ बुटिकको पहिरन ‘महँगो हुन्छ’ भन्ने धारणालाई हटाउँदै जाने उनको सोच छ । आवश्यकताअनुसार म्युजिक भिडियो, फिल्म र मोडलिङलाई चाहिने पहिरन भाडामा समेत उपलब्ध गराउने प्रविनाले बताइन् । यसपटक फेसन डिजाइनर प्रविनासँग एमपी सुब्बाको जम्काभेट :

बुटिक सञ्चालनमा ल्याउनुभएको कति भयो ?

खासै धेरै भएको छैन । बुटिक खोल्ने इच्छा र रुचि पहिलेबाटै थियो । तर, कसरी खोल्ने भन्ने ज्ञान थिएन । अहिले डिजाइनरको कोर्ष सकेर बुटिक खोलेकी हुँ ।

बुटिकको नाम ‘रानी’ कसरी जु¥यो ?

बुटिक खोल्ने सोचसँगै नाम के राख्ने भन्ने भयो । ग्राहकलाई उच्चारण गर्दा सजिलो हुने नाम सोच्दासोच्दै रानी जुरेको छ । हिजोआज खेलेका बुटिकहरुको नाम प्रायः अप्ठ्यारो हुन्छ । व्यवसायमा नामले पनि धेरै फरक पर्छ ।

पछिल्लो समय बुटिक व्यवसायी फस्टाएको हो ?

हो, अहिले बुटिक व्यवसाय राम्रो छ । हिजोआज आम मानिसमा फेसनप्रति रुचि बढेको छ । सबैले डिजाइन गरिएका पहिरन रुचाउँन थालेका छन् । पाटी वेयरमात्र नभएर दैनिक प्रयोगमा आउने ‘क्याजुअल’ पहिरन पनि डिजाइन गरिएको खोजिन थालिएको छ ।

‘रानी बुटिक’को मुख्य आर्कषण के हो ?

रानी बुटिकको विशेषता र महत्व भनेको सुलभ र सहज हो । बुटिक भएपनि यहाँ त्यति महँगो छैन । र, अर्डर गरिएका पहिरन समयमै हामी उपलब्ध राउँछौँ ।

समरका लागि नयाँ फेसन के ल्याउँदै हुनुहुन्छ ?

रानी बुटिकले समरलाई पोट्री वेयर, डिजाइनर ड्रेसका साथसाथै क्याजुअल वेयर, टि–शर्ट, टप्सलगायत सबै किसिमका पहिरनहरु तयार गरेका छौँ । आजभोली डिजाइनर टप्सहरुको पनि माग राम्रो छ ।

तपाइँको बुझाइमा फेसन के हो ?

फेसन भनेको व्यक्तिको आकर्षण हो । जुन पहिरनले व्यक्तित्व झल्काउँछ, सुहाउँछ, त्यो नै फेसन हो । अर्को कुरा फेसनको ट्रेण्ड हुन्छ । जस्तै, समर र विन्टरका लागि फरक–फरक ट्रेण्ड आउँछ । हामीले त्यो ट्रेण्डलाई पछ्याउन सक्नुपर्छ ।

फेसनप्रति मानिसको चासो बढ्नुको कारण ?

समय नै हो । मानिस समयअनुसार चल्ने प्रयासरत छन् । त्यसमाथि विभिन्न सामाजिक सञ्जाल र मिडियाले गर्दा पनि फेसन विश्वव्यापी बनेको छ । अमेरिकाको फेसन हामी तुरुन्तै थाहा पाउन सक्छौँ । समाज आधुनिकतातिर बढेसँगै मानिस पनि ‘फेसन कन्सस’ बनेका छन् । त्यसको फाइदा बुटिकहरुलाई भएको छ ।

बुटिकमा तयार गरिएका पहिरन किन महँगो हुन्छ ?

बुटिकमा धेरैजसो पाटी वेयरमात्र बन्ने भएकाले महँगो भएको हुनसक्छ । आफ्नो इच्छाअनुसार महँगो हुन्छ । त्यसमा अलि धेरै मेहनत, परिश्रम परेको हुन्छ । तर, अहिले महंगो भन्ने सोचलाई हटाउन सबै किसिमका परिहनहरु तयार गर्दैछौँ ।

बुटिकको पहिरन सर्वसाधारणको पहुँचबाहिरै देखिन्छ नि ?

पछिल्लो समय त्यस्तो छैन । पहिले पहिले पो बुटिकको लुगा सेलिब्रेटीले मात्र लगाउँछ भन्ने धारणा थियो । तर, अहिले त सबैले लगाउन थालेका छन् । बुटिकको पहिरनमा सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले नै रानी बुटिक सञ्चालनमा ल्याएकी हुँ । सबै प्रकारका कपडाहरु राखेर ग्राहकको रोजाई र चाहनाअनुसार पहिरन तयार गर्ने मेरो लक्ष्य छ । जबकि, कोही ग्राहक आएपछि खाली फर्कन नपरोस् ।

यहाँ एउटा लेहँेगा न्युनतम कतिसम्ममा तयार हुन्छ ?

यो चाहिँ हामीले ग्राहकको डिमाण्डअनुसार मूल्य तोक्ने गरेका छौँ । महँगो र यस्तो भनेको आफ्ना डिमाण्डमा भरपर्छ ।

प्रतिक्रिया दिनुहोस्