Logo
Logo

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता पौडेल


दृष्टि संवाददाता


पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद्माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको बताए ।

‘संसदमा हाम्रो संख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ’, उनले भने । उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए ।

वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेस मात्र रहेको दाबीसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्