Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कर्णाली प्रदेश सरकारमा हलचलदेखि प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. माओवादी केन्द्रको नेतृत्वमा बनेको कर्णाली प्रदेशको सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, कर्णाली प्रदेश सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी, विश्वासको मत लिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दावी, माधव नेपाल पक्षका सांसदद्वारा एमाले प्रदेश संसदीय दलको निर्णय नमान्ने चेतावनी, समर्थन फिर्ता नगरेको तर्क ।

२. नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गुटगत भेला गरेर पार्टी एकताको आधार कमजोर पारेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको आरोप, पार्टी एकतालाई कमजोर बनाउन ओलीले गरेका सबै प्रयासलाई असफल पार्नुपर्नेमा जोड, दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस, अध्ययन गर्न बनाइयो १० समूह ।

३. नेकपा एमालेभित्र विवाद बढीरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए संसदीय दलको बैठक, सहभागी हुन माधव–नेपाल पक्षका सांसदलाई समेत मेसेज, सूचना प्राप्त भएपनि भेलाका कारण बैठकमा सहभागी हुन नसक्ने सो समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जानकारी, अन्य समयमा बोलाए सहभागी हुने भनाइ ।

४. कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति शेरबहादुर देउवालाई कांग्रेस नेताको सुझाव, परिस्थिति परिपक्व भएमा कांग्रेस नेतृत्व लिन तयार रहेको नेताको दावी, तत्काल माओवादीसँग सहकार्य पनि नगर्ने मुडमा सभापति देउवा ।

५. सरकारद्वारा दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित, मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने निर्णय ।

६. निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्याविधक, ८ लाख मतदाता थपिएसँगै कुल मतदाताको संख्या १ करोड ६२ लाख ४३ लाख १ सय १० पुगेको आयोगद्वारा जानकारी, ११ मतदान स्थल घटेर मतदान स्थलको संख्या १० हजार ६ सय ६० पुग्यो ।

७. संसदीय सुनुवाइ विशेष समितिद्वारा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय,सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालका विरुद्ध १० दिनको उजुरी आह्वान, सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

८. शेयर बजारमा ४० अंकको सुधार, सबै उपसूचक हरियो, कारोबार रकम भने बढ्न सकेन, ज्योति लाइफ इन्स्योरेन्सको शेयर चैत १३ गते शुक्रवार बाँडफाँट हुने, लगानीकर्ताले चलाखी गर्दै एक कित्ताको कारोबार गरिदिएपछि ब्रोकर कम्पनी भुङ्ग्रोमा, एक कित्ताको किन कारोबार गरिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोध्यो स्पष्टीकरण ।

९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत, नयाँ वरियतामा नेपाल १५ औं स्थानमा, नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा सात वटै टिमका मार्की खेलाडीको टुंगो लाग्यो, सुपर लिगका लागि प्रशिक्षक अनुबन्धको काम पनि धमाधम हुँदै, जिल्ला भलिबल संघ इलामको आयोजनामा दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन त्रिभुवन आर्मी क्लब, सशस्त्र क्लब र गण्डकी प्रदेशको विजयी सुरुवात ।

१०.र, अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमण
हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु, सन् २०२१ मा पहिलोपटक भारतमा एकै दिन २८ हजार ८६९ जनामा देखियो कोरोना भाइरसको संक्रमण, १ सय ८७ जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्