Logo
Logo

गगनको योजना यसरी फेल खायो, किन कांग्रेस प्रबेश गरेनन् सांसद तामाङ ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ फागुन ।
नयाँ शक्ति नेपालका सांसद रखुवाका प्रेम तामाङ सोमबार नेपाली कांग्रेस प्रवेश गर्ने निकै चर्चा थियो । एक साताअघि नै कांग्रेस नेता गगन थापाले यसबारे मिडियामा प्रचार प्रसार गरे ।
तामाङसहित नयाँ शक्तिको जिल्ला समितिलाई कांग्रेस प्रवेश गराउन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा हेलिकोप्टर चढेर रसुवा पुगे । तर कांग्रेस प्रवेश गर्ने तयारी गरेका सांसद तामाङ रसुवाको कालिकास्थानमा आयोजित कार्यक्रम स्थलमै आएनन्। नयाँ शक्तिका केही नेता कार्यकर्ता प्रवेश गराएर कांग्रेस नेताहरु हिस्स बनेर राजधानी फर्किए।

नयाँ शक्तिले आइतबार विज्ञप्ति निकालेर सांसद तामाङलाई तीन दिनभित्र स्पष्टिकरण दिन भनेको छ। सांसद तामाङले आफू कांग्रेस प्रवेश नगर्नुको कारणबारे केही प्रतिक्रिया जनाएका छैनन्। स्रोतका अनुसार नयाँ शक्ति छाडेर कांग्रेस प्रवेश गर्दा सांसद पद नै गुम्ने खतरा हुने भएपछि तामाङ पछि हटेका हुन्।
जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ। तामाङ नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट सांसद निर्वाचित भएका थिए।
उनलाई कांग्रेसमा ल्याउन ठेकदार पृष्ठभुमीका सांसद मोहन आचार्य र गगन थापाले निकै पहल गरेका थिए । तर, उनीहरुको योजना फेल खाएको छ ।

प्रतिक्रिया दिनुहोस्