Logo
Logo

माधव-झलनाथ भेला : ओली नसच्चिए नयाँ पार्टी गठनमा लाग्नुपर्ने प्रस्ताव


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव–झलनाथ समूहको राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए नयाँ पार्टी गठनको प्रकृयामा लाग्नुपर्ने प्रस्ताव आएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालद्धारा प्रस्तुत राजीतिक प्रतिवेदमा भएको समूहगत छलफलको रिपोेर्टिङका क्रममा अधिकांश समूहले पार्टी अध्यक्ष नसच्चिए विद्रोह गरेर नयाँ पार्टी गठनमा लाग्नु पर्ने सुझाव पेस गरेका छन् ।

पार्टी र समग्र कम्युनिष्ट एकतामा जोड दिएका टोली नेताहरुले यस्तै अवस्थामा ओलीसँग रहन नसकिने भएकाले पहिलो विकल्प अध्यक्षलाई सच्याउने र दोस्रो विकल्प विद्रोह गरेर नयाँ एकीकृत कम्युनिष्ट पार्टी गठनमा लाग्नुपर्ने सुझाव पेस भएका छन् ।

नेताहरुले पार्टीको नाम, चुनाव चिन्ह र सांसद पदको लोभमा अल्झिनु नहुने समेत सुझाव पेस गरेका छन् । समूहगत छलफलको रिर्पोटिङका क्रममा एक नेताले भनेका थिए– ‘अब पार्टीको नाम र चुनाव चिन्हमा अड्केर बस्ने कुरा हुँदैन । संसद पदमा लोभिएर बस्नु पर्दैन । पार्टी र आन्दोलन रहे यी सधैं प्राप्त हुन्छ । यो आन्दोलन बचाउने कुरा हो । त्यसैले, वार कि पार निर्णय गर्ने बेला भयो ।

अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलसँग एकता गरेर जान सकिने समेत अधिकांश नेताको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्