Logo
Logo

सिआईबीको हिरासतमा ठेकदार


दृष्टि संवाददाता


काठमाडौं, ५ चैत ।

गर्दै नगरेको काम गरेको भनेर कीर्ते पत्र पेश गरी ठेक्का हात पारेको खुलेपछि ठेकदार रबिन्द्र महर्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।


भ्याली कन्ट्रक्सन प्रालिका सञ्चालक रहेका उनले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरेका हुन् । ४३ करोड ३७ लाख ५५ हजार बराबरको निर्माणसम्बन्धि काम सो कम्पनीले गरेको भनेर प्रमाणित गरेको नक्कली पत्र पेश गरी उनले विभिन्न सरकारी ठेक्काहरु लिएका थिए । उनको कम्पनीले ललितपुरमा चार,मकवानपुरमा ११ र धादिङबा १० वटा बिद्यालय भवन निर्माणको ठेक्का पाएको थियो । महर्जनविरुद्ध लिखतसम्बन्धि कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् ।
उनको कम्पनीले लामा कन्ट्रक्सनसँग मिलेर करोडौंका ठेक्का हात पारेको हो । ती ठेक्काको काम अघि बढीसकेकाले के हुने भने अन्योलता छ ।

प्रतिक्रिया दिनुहोस्