Logo
Logo

हप्ता दिनभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौँ : कोइराला


दृष्टि संवाददाता


फाइल फोटो

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले एक हप्ता दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
महामन्त्री कोइरालाले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने समेत दावी गरे । उनले भने, ‘केपी ओलीको विकल्प खोज्नुपर्छ । केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम गरे ।’ उनले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका बताउँदै भने, ‘हप्ता÷१० दिनभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्