Logo
Logo

मालपोतका कर्मचारी घूस रकमसहित पक्राउ


दृष्टि संवाददाता


कञ्चनपुर । सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार शाखा अधिकृत जोशीलाई सेवाग्राहीबाट २४ हजार घूस लिइरहेको अवस्थापमा पक्राउ गरिएको हो । उनका अनुसार सेवाग्राहीबाट कित्ताकाट गरेबाफत लोकराजले घूस लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्