Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : माधव–झलनाथ समूहकाे भेला सकिएकाेदेखि सरकारको कुल खर्चमा वृद्धि भएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. १७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले माधव–झलनाथ समूहको राष्ट्रिय भेला, एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि, पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने भेलाको घोषणा, अध्यक्ष केपी शर्मा ओलीले गरेको कुनै पनि निर्णय मान्य नहुने चेतावनी, ओलीको भण्डाफोर गर्न पार्टीपंक्तिलाई माधव नेपालको निर्देशन ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको संसदीय दलको बैठकमा माधव–झलनाथ समूह सहभागी भएनन्, तत्काल माओवादी केन्द्रसँग सहकार्य गर्ने कुनै पनि सम्भावना नरहेको सांसदहरूलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ, दलको कामकारवाही गर्ने गरी २७ सदस्यीय संसदीय बोर्ड गठन, झलनाथ खनाल र माधव नेपाल पनि बोर्डको सदस्य, अनुशासनको कारवाही गर्न बोर्डले निर्णय गर्नुपर्ने, विधान संसोधन गर्न कार्यदल बन्यो ।

३. सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेरै अघि बढ्नुपर्छ भन्ने फैसलामा अडिग बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलासा, आफूलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको तर्क, प्रधानमन्त्री ओलीलाई हटाएर राष्ट्रिय सहमितमा सरकार बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड ।

४. जनता समाजवादी पार्टीको केन्द्रीय कारिणी समितिको बैठक स्थगित, तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक होलीपछि मात्रै बस्ने, होलीसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई कुनै आपत आइनलाग्ने, प्रतिनिधिसभा विघटन गरेर आलोकप्रिय र संविधान विरोधी कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने जसपा अध्यक्ष उपेन्द्र यादवको भनाइ ।

५. नयाँ सरकार गठनको विषयमा नेपाली कांग्रेसका नेताको बोली फेरियो, कुनै पनि हालतमा सरकार बनाउन नहुने बताउँदै आएका नेता नै अहिले कांग्रेसको नेतृत्वमा अघि बढ्नुपर्नेमा जोड दिन थाले, अहिले सरकारमा जाने अवस्था आइ नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ, जिल्ला पुगेर नेताहरू नै भन्न थाले चुनाव गराउने गरी कांग्रेस नै आवश्यक ।

६. नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) पनि ब्युँताइयो, जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने, दुई लख सदस्य थप गर्ने रणनीति बनाइएको अध्यक्ष रामप्रसाद सापकोटाद्वारा जानकारी ।

७. आर्थिक वर्ष २०७७÷७८ को माघ सम्म संघीय सरकारको कुल खर्च गत वर्षको तुलनामा २ दशमलव ६ प्रतिशतले बृद्धि, खर्च मात्रै ४ खर्ब ९९ अर्ब ६८ करोड पुगेको अर्थ मन्त्रालयद्वारा जानकारी, पँुजिगत खर्चको अवस्था भने जम्मा २४ प्रतिशतको हाराहारीमा मात्र भएको महालेखा नियन्त्रकको कार्यालयद्वारा जानकारी, कुल राजस्व संकलन १ दशमलव २५ प्रतिशतले बृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुग्यो ।

८. साताको अन्तिम दिन सेयर बजार सूचक सँगै कारोबार रकममा समेत बढोत्तरी,४२ अंकले बढेको बजारमा चार अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच,सिंगटी र रुरुको आइपिओ आउँदै, मूल्य १०० र अर्कोको प्रिमियम सहित १ सय २० रुपैयाँ ।

९. नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने, नेपालले किर्गिस्तानसँग पहिलो खेल खेल्ने, फुटबल खेल्न बंगलादेशको टीम नेपालमा, नेपालसहितको त्रिदेशीय फुटबल हेर्न ७ सय र १५ सयको टिकट, नेपाल सुपर लिगका लागि धनगढीको मुख्य प्रशिक्षकमा फुजा नियुक्त ।

१०.र, अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट, तीनजनाको मृत्यु, ११ जना घाइते, अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु, भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि ,४ घण्टामा त्यहाँ ३५ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि ।

प्रतिक्रिया दिनुहोस्