Logo
Logo

‘पानीमा डुबेर रेल देख्न नपरोस् !’


दृष्टि संवाददाता


रौतहट । घरछेउबाटै रेल गुड्ने भएपनि चन्दुपुर-८ सन्तपुरका ४९ बर्षीय कृष्णचोधरी खुशी थिए । रेल गुड्ने लिकमा उनको पनि चार कठ्ठा जग्गा परेको छ । तर रेल गुड्न बनाइएको ड्याम देखेपछि उनको होस उडेको छ ।

रेलवे लिककमा र कल्भर्ट निर्माण गरिएपछि बर्खाका बेला डुबिने हो किन भन्ने चिन्ताले चौधरीलाई सताएको छ ।
रेल गुड्ने ठिक उत्तरतिर उनको घरसहित पुरानो बाक्लो चौधरी वस्ती छ । ‘अग्लो बाँधका कारण पानीले निकास नपाउँदा डुबान खेप्नुपर्ने दुःख पाउँछौँ बाढीमा घरबार डुब्ने हो कि ? अब’ उनले भने, ‘सानो कल्भर्टले कसरी भेल थेग्छ ।’ ‘पानीमा डुबेर रेल देख्न नपरोस् ।’ रेलको ट्रयाक निर्माण गर्न बनाइएको २५÷२६ फिट अग्लो जमि डुबानमा पार्ने हो कि भन्नेमा स्थानीय त्रस्त छन्, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्