Logo
Logo

अझै अन्योलमा मेलम्ची


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भ्रमबाट मुक्त भएपछि खानेपानी मन्त्रालयका विवादास्पद सचिव गजेन्द्र ठाकुरको सरुवा भयो । सचिव ठाकुर हट्न किन जरुरी थियो भने उनी जसरी पनि मेलम्चीको बाँकी कामका लागि नयाँ ठेक्का गर्न लालायित थिए । आपूm पदबाट हटेपछि उनले आप्mनो व्यावसायिक धर्मविपरीत खानेपानी मन्त्री बिना मगरमाथि आक्षेप लगाउन सुरु गरेका छन् । मन्त्रीले कमीसन खानका लागि सीएमसीलाई नै बाँकी काम दिन लागेको सार्वजनिक रुपमा बताउँदै आएका छन् । सचिव हटेपछि अब मेलम्चीको बाँकी काम पुरानै ठेकेदारलाई ल्याउन बाटो त खुलेको छ, तर ठाकुरकै मतियार मेलम्ची आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई त्यहाँबाट सरुवा नगरेसम्म सीएमसी आउनेवाला छैन । अहिले पनि कँडेल नयाँ ठेक्काका लागि चाँजोपाँचो मिलाउन लागिपरेका छन् ।

आयोजना स्रोतका अनुसार कँडेललाई प्रधानमन्त्रीकै पूर्वाधार सल्लाहकार घनश्याम भट्टराईले साथ दिइरहेका छन् । मेलम्ची ठेकेदार सीएमसीको भुक्तानी अब मन्त्रिपरिषद्बाटै गर्नुपर्नेमा हाल आएका सचिव दीपेन्द्रनाथ शर्मा देखिएका छन् । यता भट्टराईले प्रधानमन्त्रीलाई अभैm भ्रममा पार्न भने छाडेका छैनन् । निवृत्त हुन केही महिना मात्र बाँकी रहेका सचिव शर्माले ठेकेदारका दावी, तिर्नुपर्ने रकम सबै मन्त्रिपरिषद्बाट गराउन चाहेका छन् । सचिव शर्माको यो कार्यलाई सफल हुन नदिन भट्टराई र कँडेल ज्यान फालेर लागिपरेको स्रोतले बतायो ।
ठेकेदारले आप्mनो माग पूरा नभई काममा नफर्कने जनाउ दिइसकेको छ । यता खानेपानी मन्त्रालयले सीएमसीलाई पुनः ल्याउने प्रक्रिया नै थालेको छैन । सीएमसी काममा फर्के बर्खायामअघि नै मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउन सकिने विज्ञहरुलेबताउँदै आएका छन् । नयाँ ठेक्का गर्ने हो भने ठेकेदारका दावी, मुद्दा, जरिवाना हर्जाना गरी अर्बाैं रुपैयाँ तिर्नुपर्ने हुन्छ भने आयोजना पूरा हुन थप तीन वर्ष लाग्छ ।
नेकपाको दुईतिहाइ सरकारले मेलम्ची खानेपानी आयोजनाका विषयमा समयमै सही सूचना लिन नसक्दा मेलम्ची अन्योल बनेको हो । प्रधानमन्त्री ओलीकै वरपर घुम्नेहरुले आफ्नो स्वार्थसिद्ध गर्न ओलीलाई गलत ‘ब्रिफिङ’ गरेको कारण यो विवाद लम्बिदै गएको छ । काठमाडौँवासीको मुखैमा आउन लागेको मेलम्चीको पानी घुस्याहा सचिवको कारण अलपत्र पर्नबाट जोगिएको छ । अब समयमै मेलम्चीको पानी काठमाडौँ ल्याउने हो भने प्रधानमन्त्री ओली स्वयं गम्भीर बन्नुपर्ने आयोजनाका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्