Logo
Logo

काठमाडौंका विभिन्नस्थानमा विद्युत कटौति


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौति गरिने भएकोछ । आज नेपाल विद्युत प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती गरिएको जानकारी गराएको हो ।

आज बानेश्वर केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ। शनिबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिएको प्राधिरकणको सूचना छ।

प्रतिक्रिया दिनुहोस्