Logo
Logo

एमाले संसदीय दलको विधान २०७७ पारित, आजै अनुमोदन गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधनसहित पारित गरेको हो । संसदीय दलको विधान २०७७ पारित भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सो विधान शनिबारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।
कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विकलगायत १० जना सांसदले धारणा राखेका थिए । विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्नेगरी संशोधन गरेको कार्यदलले जनाएको छ ।
त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अब २९ सदस्यीय हुने बनाएको छ । संसदीय दलको बैठकमा माधव पक्षका ३८ जना सांसदले दलको बैठक विधि सम्मत नभएको भन्दै ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्