Logo
Logo

रसुवा बाढी : उद्धारका लागि यस्तो छ सरकारको तयारी


0
Shares

काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत भोटेकोशीमा एक्कासी आएको बाढी र तयारीबारे जानकारी दिएका हुन् ।

१. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन ।

२. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय ।

३. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन ।

४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको ।

साथै, भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्