Logo
Logo

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे


378
Shares

काठमाडौं । बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो भौतिक क्षति भएको छ।

स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठुलो क्षति गरेपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गएका छन्।

सरकारले सबै हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहले बाढीले रसुवामा ठूलो क्षति गरेको जानकारी दिएका छन्।

सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ।

लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्