Logo
Logo

नेपाल पक्षका ३८ सांसदले हस्ताक्षर गरेकाे पाँच बुँदे असहमति पत्रमा के छ ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षका सांसदहरुको भेलाले बालुवाटरमा शनिबार बसेको संसदीय दलको बैठकमा असहमति जनाएको छ ।
शनिबार सिंहदरबारमा बसेको नेपाल पक्षको सांसद्हरुको भेलाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकलाई लिएर असहमति जनाएको हो ।
नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार ३८ जना सांसद्ले हस्ताक्षर गरेको असहमति पत्र प्रधानमन्त्री ओलीलाई बुझाएको छ । सो पत्रमा बालुवटारमा शनिबार बसेको संसदीय दलको बैठक पार्टीको विधि विधान विपरीत रहेको उल्लेख छ ।
पाँच बुँदे पत्रमा संसदीय दलको बैठक निजी कार्यालयमा नभएर दलको कार्यालय सिंहदरबारमा गर्नुपर्ने लगायतका बुँद रहेका छन् । नेपाल पक्षले पार्टीका गतिविधिहरु ९औँ महाधिवेशनबाट पारित भएको विधानअनुसार चल्नुपर्ने माग राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्