Logo
Logo

यस्तो रहनेछ आजको मौसम पुर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । देशभर आज स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरणमा उल्लेख छ ।

महाशाखाका अनुसार हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली हुने र देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ।

पूर्वानुमानमा उल्लेख गरे अनुसार प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्