Logo
Logo

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो


दृष्टि संवाददाता


काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा करिम बेन्जामाले दुई गोल गरेपछि रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरेका थिए । बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपेका हुन् ।

सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए ।जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो ।

एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । भने २७ खेलबाट ५९ अंकसहित बार्सिलोना भने तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्