Logo
Logo

देउवा मौनताको रहस्यः ओलीसँग अपवित्र साँठगाँठ !


दृष्टि संवाददाता


काठमाडौं । सत्ताका कारण माहिर खेलाडी मानिने नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक प्रधानमन्त्री हुने अवस रआइलाग्दासमेत लालायित नदेखाउनुलाई सबैले रहष्यमय रुपमा लिइरहेका छन् ।

सुरुमा नेपाली कांग्रेसको उनीविरोधी समूहले कांग्रेस सत्तामा जानुहुँदैन, जनाको म्यान्डेट विपक्षमा बस्ने हो भने भनिरहँदा यसलाई स्वभाविक रुपमा लिइएको थियो । तर अहिले प्रधानमन्त्री ओलीलाई हटाउनुलाई कांग्रेस नै कस्सिनुपर्दछ र यसको नेतृत्व सभापति एवंम देउवाले लिनुपर्छ भनेर सार्वजनिक र पदाधिकारी बैठकमा समेत प्रस्ताव लगिसक्दा पनि देउवाको ओली सरकार गिराउने कुनै अग्रसरता नदेखिएपछि संशय पैदा भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले एकमतले वदर गरिदिएपछि र १३ दिनभित्र संसद्को बैठक डाक्नु भन्ने आदेश दिएपद्धि आफुले विघटन गरेको संसद्मा पुनः प्रधानमन्त्रीको रुपमा उपस्थित हुनु ठुलो अनैतिक काम थियो ।

तर, नैतिकता र सदाचारको कुरै नसुन्ने अहम्तावाद र घमण्डका बेताज बादसाह ओलीलाई हटाउनु प्रतिपक्ष हिसावले नेपाली कांग्रेसको जिम्मेवारी र दायित्व नै थियो । तर पनि एमाले र माओवादी अलग हुने फर्कने नयाँ राजनीतिक अवस्थाका कारण केही समय प्रतीक्षा गर्नु सान्दर्भिक नै थियो ।

तर अहिले माओवादी र जनता समाजवादी पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा हामी जान तयार छौँ भन्दा पनि देउवाले अग्रसरता नलिनुलाई सर्वत्र रहष्यमय रुपमा लिइएको छ ।, यो समाचार आजको देशान्तर साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्