Logo
Logo

माओवादी छोडेर एमाले प्रवेश गरेका धर्मराजलाई कारवाही


दृष्टि संवाददाता

47.6k
Shares

सुर्खेत । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेशसभा दलले प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीका लागि प्रक्रिया बढाएको छ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) माओवादी केन्द्रबाट निर्वाचित रेग्मीले पार्टी परित्याग गरी एमालेमा लागेको भन्दै प्रदेशसभा दलले कारबाहीका थालेको हो।

रेग्मीले अर्को दलको केन्द्रीय सदस्य र प्रदेश समिति सचिव पद स्वीकार गरेको र प्रदेश सभा दलको बैठकमा पनि उपस्थित नभएको माओवादीले आरोप लगाएको छ।

माओवादी केन्द्रको प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले तत्काल आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्र पार्टीमा सिफारिस पठाइएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्