Logo
Logo

हिरासत कक्षमा पुस्तकालय


दृष्टि संवाददाता


काभ्रे, ८ चैत ।
अपराधमा पक्राउ पर्ने व्यक्तिहरुलाई किताबमार्फत आचरणमा सुधार ल्याउने उदेश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले आइतबार पुस्तकालयको उद्घाटन गरेका छन् ।


किताबमार्फत केही परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वासले हिरासतमा पुस्तकालय स्थापना गरिएको काभ्रेका एसपी भूपेन्द्र खत्रीले बताए । ‘ अधिकांश थुनुवालाई आफूले गरेका गलत कामको कानुनी कारबाहीबारे जानकारी हुदैन । जसका लागि उनीहरु विभिन्न ठाउँमा धाउनुपर्छ,’ एसपी खत्रीले भने,‘त्यसैले उनीहरुलाई कानुनी कावार्हीका बारेमा जानकारी गराउनका लागि पनि यहाँ पुस्तकालय स्थापना गरिएको हो ।’ यसका साथै फुर्सदको समयलाई सदुपयोग गरेर आफ्नो रुची अनुसारको विभिन्न विषय जस्तै इतिहास, भूगोल, राजनिति लगायतका पुस्तक पढेर उनीहरुले जानकारी राख्न सक्ने उनको भनाई छ । पुस्तकालय स्थापनाका लागि विभिन्न स्तरबाट सहयोग प्राप्त भएको जिप्रका काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्