Logo
Logo

लुम्बिनीमा ‘किङमेकर’ जसपा, मुख्यमन्त्री पोखरेल संकटमा


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशमा सरकारको साँचो माओवदी केन्द्रमा केन्द्रित भएको छ । सरकारमा माओवदी केन्द्रको दोहोरो चरित्रका कारण नयाँ सत्ता समीकरणको बाटो अझै सहज हुन सकेको छैन ।

एमालेका नेता तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएका कारण लुम्बिनीमा नयाँ सत्ता समीकरणको मार्ग अवरुद्ध भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको आरोप रहेको छ ।

नेकपा पार्टी एकीकृत रहँदा पुर्वमाओवादी खेमाका केी सांसदहको समेत समर्थनमा बलियो बन्नुभएका लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई एमाले र माओवादी ब्युँतिएपछि माओवादीको समर्थन पाइराख्ने वा अन्य कुनै दलको समर्थन लिनुपर्ने बाध्यात्मक अवस्था देखापरेको छ ।

दुई मन्त्रीसहित प्रदेश सरकारमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाँकी छ । माओवादीले संघ (केन्द्र)मा बन्ने समीकरणअनुसार प्रदेश सरकारलाई दिएको सत्ताको टेकोलाई जुनसुकै समयमा छाडिदिन सक्छ ।

त्यसमाथि कपिलवस्तुबाट निर्वाचित एमाले सांसद रमा घर्ती एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय भेलामा सहभाी भएपछि मुख्यमन्त्री पोखरेललाई थप संकट उत्पन्न भएको छ ।

माओवादी केन्द्रको गुल्मीबाट निर्वाचित दधिराम न्यौपाने एमालेमा लगे पनि निर्णायक अवस्था आउँदा माओवादीले सांसद पदबाटै हटाइदिन सक्छ । सोही कराण उनीहरुको दुई मतको भर परेर बस्ने अवस्था छैन ।

त्यही संकट देखेर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर सरकार चलाउन छलफललाई तीव्रता दिएको छ । लुम्बिनीमा ‘किङमेकर’ जसपा छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि जसपाविना सरकार नै नबन्ने अवस्था आउन सक्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा यमलाल भुसासले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्