Logo
Logo

प्रचण्डतिरै लाग्न थाले बादलका खास मान्छे


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ल पक्षका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिरै धमाधम फर्किन थालेका छन् ।

‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना प्रचण्डतिरै फर्किएका हुन् । ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भएका हुन् ।

तामाङ यसअघि बादलको स्वकीय सचिव र खास मान्छे थिए । नेकपाको विवादमा बादलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि पहिले राजनैतिक सल्लाहकार सूर्य सुवेदी पथिक र त्यसपछि तामाङले उनको साथ छाडेका हुन् ।

तामाङ हालै सम्पन्न युवा संघको भेलामा वाईसीएल पुनर्गठनपछिको संयोजकका हैसियतले सहभागी थिए । वाईसीएलनिकट एक कार्यकर्ताका अनुसार तामाङले त्यतिबेला विचारको डण्डा लगाएर आफूहरूलाई धोका दिएको बताएका थिए ।

तामाङ बिरोधीहरूले उनलाई वर्षमान पुन ‘अनन्त’ को खास मान्छे भन्ने गरेका छन् । युवा संघमा आएपछि पनि अनन्तसँगको खास सम्बन्धका कारण अधिकांशलाई ओली पक्षतिर लाग्नबाट रोकेको उनीहरूको आरोप छ ।

माओवादी केन्द्र समर्थित धेरै युवा केपीतिर नजाउन् भनेर बिरुले शुरुदेखि नै पूर्व वाईसीएलहरूलाई रणनीतिक हिसाबले रोकेको रहस्य अहिले आफूहरूले थाहा पाएको युवा संघमा रहेका बुझिएको छ । तर तामाङ र ढुंगाना फर्किएपनि आफूहरू भने माओवादी केन्द्रतिर नफर्कने उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्