Logo
Logo

भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते


दृष्टि संवाददाता


काठमाडौं । भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको छ ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु डाःईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् ।

आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक-५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्