Logo
Logo

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची


दृष्टि संवाददाता


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछिको पुनःस्थापित संसदको यो पाँचौ पटक बस्ने बैठक हो ।

मंगलबार दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिध सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेस गर्ने संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यक्रममा उल्लेख छ ।

संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जारी गरेको सूचनामा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्