Logo
Logo

एक जनालाई मेलम्चीको पानी ७५ लिटर


दृष्टि संवाददाता


काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ ।

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो ।

२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।

दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । आजको कान्तिपुर दैनिकमा यो समाचार दीपेन्द्र विष्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्