Logo
Logo

चार्जिङ स्टेशनमा सेटिङ


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने महान्वाणी सुन्दा जो कोहीलाई पनि आनन्द लाग्न सक्छ । तर, ओली प्रधानमन्त्री भइसकेपछि ठूला ठूला खरिद र ठेक्का बालुवाटारको सेटिङमा हुनु आश्चर्यको विषय भएन । जुन कुरा सार्वजनिक पनि भएका छन् । तर, सानोतिनो ठेक्कामा पनि बालुवाटारको संलग्नता छ भन्ने सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ ।

प्राधिकरण सूत्रका अनुसार चार्जिङ स्टेशनका लागि १३ वटा कम्पनीले भाग लिएको थियो । जसमध्ये जीयाङसु (स्टार चार्ज) र अन्य दुई जना मात्र प्राविधिक रुपमा छनोट भए । यसबीच घिसिङ प्राधिकरणबाट बिदा भए । उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भए । शाक्यको सोझो र इमान्दारपनबाट ज्ञवालीले फाइदा उठाउँदै अन्ततः जीयाङसु (स्टार चार्ज)लाई उक्त ठेक्का दिए ।

सन्दर्भ, नेपाल विद्युत् प्राधिरकणले सन् २०२० जनवरी २१ तारेखमा गरेको चार्जिङ स्टेशन निर्माणको ठेक्का हो । एशियाली विकास बैंकको सहयोगमा विद्युतीय गाडी चार्ज गर्नका लागि टेण्डर गर्नुपूर्व नै प्राधिकरणका सागरमणि ज्ञवाली र चिनियाँ कम्पन जीयाङसु (स्टार चार्ज)का स्थानीय एजेन्ट राजन रायमाझीबीच साँगगाँठ भएको थियो । चिनियाँ कम्पनीको निम्तोमा ज्ञवाली चीन गएका थिए । त्यो कुरा तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङल थाहा पाए । ज्ञवाली चीनबाट फर्किएपछि घिसिङले टेण्डरको स्पेशिफिकेशन हेर्न मागे । त्यसमा धेरे कुरा मिलेको थिएन । घिसिङ राम्रो कम्पनीको गुणस्तरीय चार्जर ल्याउने पक्षमा थिए र, उनले त्यसका लागि विद्युतीय सवारी पूर्वाधारका प्रमुख ज्ञवालीलाई निर्देशन दिए । ज्ञवाली र नेपाली एजेन्ट रायमाझीबीच पहिले नै साँठगाँठ भएकोले ज्ञवालीले आलटाल गर्दै आए ।

प्राधिकरण सूत्रका अनुसार चार्जिङ स्टेशनका लागि १३ वटा कम्पनीले भाग लिएको थियो । जसमध्ये जीयाङसु (स्टार चार्ज) र अन्य दुई जना मात्र प्राविधिक रुपमा छनोट भए । यसबीच घिसिङ प्राधिकरणबाट बिदा भए । उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भए । शाक्यको सोझो र इमान्दारपनबाट ज्ञवालीले फाइदा उठाउँदै अन्ततः जीयाङसु (स्टार चार्ज)लाई उक्त ठेक्का दिए ।

जीयाङसुका स्थानीय एजेन्ट रायमाझीले तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनलाई पनि प्रलोभन दिएका थिए । तर, पुन उनको प्रलोभनमा फसेनन् । त्यसपछि पुन माथि बालुवाटारबाट बिचौलियाहरुको दबाब बढ्यो । त्यसलाई पनि पुनले वास्ता गरेनन् । पुन मन्त्रीबाट हटेपछि ऊर्जामा टोपबहादुर रायमाझी आए । रायमाझी र बालुवाटारको सेटिङमा ज्ञवालीले चार्जिङको ठेक्का जीयाङसुलाई दिएर नुनको सोझो गरे ।

प्रतिक्रिया दिनुहोस्