Logo
Logo

माओवादी स्थायी समिति बैठक: सरकारलाई दिएको समर्थनवारे के गर्ला ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत मंगलबार बस्ने बैठकमा छलफल हुने बुझिएको छ ।

माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुने पेरिसडाँडानिकट एक नेताले जानकारी दिए ।

आजको बैठकमा माओवादीबाट चुनाव जित्दै मन्त्री बनेर अहिले एमालेमा प्रवेश गरेका सांसदलाई स्पष्टीकरण सोधिएपछि बाँकी प्रक्रिया के कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्