Logo
Logo

निर्मला हत्याका नयाँ अभियुक्त ?


दृष्टि संवाददाता


काठमाडौं । भगिरथी हत्याको सफल अनुसन्धान गरेर चर्चा र प्रशंसा कमाएका सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी यतिबेला निर्मला पन्तको घटनामा केन्द्रीत छन् । प्रदेश इन्चार्जको रुपमा कार्यकाल सकिनै लाग्दा उनी यो प्रकरणलाई सुल्झाउने प्रयासमा छन् ।

निर्मलाकी आमाले दिलिपसिंह बिष्टविरुद्ध नै जाहेरी दिएकी छिन् । उनले पृष्ठभूमि र पक्राउ परेपछि दिएको बयान र घटनास्थलको अवस्था ठ्क्याक्कै मिल्ने भएकाले धेरै जसो अनुसन्धान अधिकृत उनी नै अभियुक्त भएको दाबी गर्छन् । गत महिना प्रहरी प्रधान कार्यालयले सो घटनामा खटिएका अनुसन्धान अधिकृतसँग छलफल समेत गरेको थियो । जसमा धेरैले दिलिप नै हुनसक्ने बताए भने केहीले फरक कुरा राखेका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको मंगलबार ठ्यक्कै ३२ महिना बितेको छ । घटनाको अनुसन्धानमा एक दर्जन भन्दा धेरै प्रहरी टोली खटिए पनि सुल्झन सकेको छैन । अहिले पनि सिआइबीका डिएसपीको नेतृत्वमा एक टोली महेन्द्रनगर बसेर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अनुसन्धानमा नयाँ तथ्यहरु भेटिएका छन् । स्रोतका अनुसार दिलिपसिंह विष्ट नभई अर्का एक व्यक्तिमाथि प्रहरीले अनुसन्धान केन्द्रीत गरिरहेको छ । ती व्यक्ति विगतमा पनि पक्राउ परेर छुटेका थिए । तिनै व्यक्तिमाथि प्रहरीको पछिल्लो अनुसन्धान केन्द्रीत रहेको स्रोत बताउँछ । परिस्थितिजन्य प्रमाणका आधारमा ती व्यक्तिको संलग्नता देखिएको छ । तर, प्रहरीलाई समस्या के छ भने यो घटनामा अकाट्य प्रमाण जुटाउन समस्या छ । किनकि, अकाट्य प्रमाण डिएनए टेष्टबाट मात्र सम्भव छ । तर, पर्याप्त नमुना नहुँदा डिएनए टेष्ट सम्भव नभएको रिपोर्ट निष्कर्ष यसअघि विज्ञ समितिले दिइसकेको छ ।

घटनास्थलका प्रत्यक्षदर्शी कोही थिएनन् । किशोरीसँग मोबाइल थिएन । पानी परेकाले अन्य घटनास्थलका प्रमाण समेत नष्ट भएका थिए । जसकारण यो घटनाको अनुसन्धान जटिल बनेको हो ।

निर्मलाकी आमाले दिलिपसिंह बिष्टविरुद्ध नै जाहेरी दिएकी छिन् । उनले पृष्ठभूमि र पक्राउ परेपछि दिएको बयान र घटनास्थलको अवस्था ठ्क्याक्कै मिल्ने भएकाले धेरै जसो अनुसन्धान अधिकृत उनी नै अभियुक्त भएको दाबी गर्छन् । गत महिना प्रहरी प्रधान कार्यालयले सो घटनामा खटिएका अनुसन्धान अधिकृतसँग छलफल समेत गरेको थियो । जसमा धेरैले दिलिप नै हुनसक्ने बताए भने केहीले फरक कुरा राखेका थिए ।

भगिरथीका अभियुक्त पक्राउ परेपछि केही मन्त्रीहरुले नै निर्मला घटनाका अभियुक्त पनि पक्राउ पर्ने बताएका थिए । जसकारण पनि प्रहरी दबाबमा छ । पदका लागि पार्टी नै छाडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई यस्ता विषयमा ठूलो चासो छैन । तर, प्रहरी नेतृत्व भने सकेसम्म छिटो यो घटना सुल्झाउन चाहेको छ । तर, स्थानीयबाट पर्याप्त सहयोग नभएको गुनासो डिआइजी सुवेदीले केही दिनअघि सार्वजनिक रुपमै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्