Logo
Logo

सर्वोच्चमा २२ हजार मुद्दा, पाँच न्यायाधीशको पद खाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ फाल्गुन ।

सर्वोच्च अदालतमा लामो समयदेखि पाँच जना न्याायाधीको पदपूर्ति हुन सकेकको छैन्।

२१ जनाको दरबन्दी रहेको सर्वोच्चमा हाल १६ जना न्यायाधीश मात्रै छन्। एक वर्षदेखि सर्वोच्चसहित देशभरमा २७ जना न्यायाधीश पद खाली छ। नागरकिता विवादका कारण पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक वर्षअघि अवकाश पाएका थिए। त्यस्तै दुई महिना अघि मात्रै पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अनिवार्य अवकाश पाएका थिए।

न्याायधीशहरु जगदीश शर्मा पौडेल, शारदाप्रसाद घिमिरेले अनिवार्य अवकाश पाएपछि ती पद पनि रिक्त छन्। प्रधानन्यायाधीशमा संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीले एक साताअघि राजधानीका दिएसँग हाल सर्वोच्चमा न्यायाधीशको पाँच पद रिक्त भएको हो।

सर्वोच्च अदालमा २२ हजार भन्दा बढी मुद्दाको चाप रहेको छ। तर, जनशक्ति अभावका कारण न्याय सम्पादनमा कठिनाइ भइरहेको छ। दैनिक ५ सय भन्दा बढी पेसी तोकेर ११ वटा इजलास तोक्नुपर्ने सर्वोच्चमा हाल पूर्णसहित १० वटा इजलास तोकिए पनि एकै न्यायधीशलाई दुई इजलास तोक्नु पर्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्