Logo
Logo

अग्नि झापा कि सर्वाेच्चमा ?


दृष्टि संवाददाता


काठमाडौं । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिने हल्ला एक महिनाअघिदेखि चलेको थियो । एक महिनाअघि राजीनाम दिएको भनेर सामाजिक सञ्जालमा हल्ला भयो । गत शुक्रबार पत्रकारहरुलाई बोलाएर खरेलले भने‘तपाईहरुको रहर पूरा गरिदिएको छु ।’

राजीनामा दिनुको प्रमुख कारण सक्रिय राजनीतिमा फर्कनु भएको उनको भनाई थियो । तर, उनको यो भनाईप्रति धेरैले विश्वास गरेका छैनन् । किनकि, करिब दुई वर्षपछि हुने चुनावका लागि अहिले नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिनु जरुरी थिएन । अर्काेतर्फ सक्रिय राजनीतिमा लाग्न उनले तयारी पनि थालेका छैनन् । झापाबाट राजनीति गर्न उनका लागि त्यति सहज पनि छैन ।

राजीनामाको प्रमुख कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बढेको दूरी नै हो । एक वर्षअघिदेखि नै ओलीले खरेलको आलोचना गरेको स्रोत बताउँछ ।

प्रतिनिधिसभा बिघटन मुद्दामा उनको बहस कमजोर थियो । यसले दुरी झन् बढायो । त्यसपछि खरेलले नै राजीनामाको बाटो रोजेको स्रोत बताउँछ । तर, सक्रिय राजनीतिमा भन्दा सर्वाेच्च अदालतमा छिर्ने उनको दाउ रहेको चर्चा न्यायालयमा छ । आगामी जेठमा सर्वाेच्चमा एक न्यायाधीशको पद रिक्त हुँदैछ । न्यायाधीश पुरुषोत्तम भण्डारीले अवकाश पाउँदैछन् । त्यसरी रिक्त हुने पदमा उनले नियुक्तिको योजना बनाएको स्रोत बताउँछ । सर्वाेच्चमा पछिल्लो समय यसरी सक्रिय राजनीतिमै लागेकाहरुलाई न्यायाधीशमा नियुक्ति गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्