Logo
Logo

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते


- दृष्टि न्युज/संवाददाता



धनुषा, १५फागुन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

काँकरभित्ताबाट रौतहटको गौरतर्फ आइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक एक आपसमा ठोक्किए दुर्घटना भएको हो ।
दुर्घटनामा भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको ढल्केवर लालगढस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्