Logo
Logo

प्रहरीको राशनभत्ता साउनदेखि बढ्ने, ४० प्रतिशत बढाउन प्रस्ताव


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ साउन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीका लागि साउनदेखि रासनभत्ता बढ्ने भएको छ । लामो समयदेखि भत्ता नबढेकाले ४० प्रतिशत बृद्धि गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ ।


एक वर्ष अघिदेखि नै राशन भत्ता बढाउन माग हुँदै आएको छ । चार वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढेको छैन । चार वर्षमा धेरै महँगी बढेको भन्दै रासनभत्ता ४० प्रतिशत बढाउन नेपाल प्रहरीले प्रस्ताव गरेको हो । रासनभत्ता वृद्धिबारे छलफल भइरहेको र छिटै निर्णय हुने अपेक्षा रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । गृह स्रोतका अनुसार नयाँ बजेटपछि मात्र रासनभत्ता बढाउने आश्वासन अर्थ मन्त्रालयबाट आएको छ । कति प्रतिशत बढ्ने भन्ने तय भइसकेको छैन । रासनभत्ता वृद्धिका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको एक समिति गठन भइसकेको छ ।
दिनमा १५ घन्टा भन्दा धेरै डिउटी गर्ने सुरक्षाकर्मीका लागि खान नपुग्ने राशनभत्ता छ । महंगी धेरै बढ्दा पनि भत्ता बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्