Logo
Logo

भारतीय प्रधानमन्त्री मोदीले पठाए पाकिस्तानी समकक्षीलाई पत्र


दृष्टि संवाददाता


काठमाडौं । भारत र पाकिस्तानको तनाव साँघुरिदै गएको छ । पाकिस्तान दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानलाई पत्र पठाउँदै शुभकामना दिएका छन् ।

उनले दुईका जनताका साथ बलियो सम्बन्ध चाहेको बताएका छन् । उनले सम्बन्ध सुधारका लागि आतंकवाद तथा शत्रुताबाट मुक्ति पाउनुपर्ने विश्वास व्यक्त गरेका छन् । मोदीले आफ्नो पत्रमा दुबै देशबीच एकअर्कामा विश्वास र भरोसा हुनुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै भारतका राष्ट्रपति रामनाथ कोविन्दले पनि आफ्ना पाकिस्तानी समकक्षी आरिफ अल्वीको नाममा शुभकामना सन्देश पठाएका छन् । मोदीले पठाएको पत्रमा दुई देशको लाइन अफ कन्ट्रोल (नियन्त्रण रेखा) मा नयाँ शिराबाट युद्धविराम लागु भएको उल्लेख गरेका छन् ।

गएको महिनामा दुबै देशका सैन्य अप्रेसनका डाइरेक्टर जनरलबीचको समझदारीमा युद्धविराम घोषणा गरिएको थियो । अहिले दुबै पक्षले युद्धविरामको पूर्णपालना गरेका छन् । यता, सिन्धु नदी जल वार्ता जारी छ । पाकिस्तानका आठ सदस्यीय टोली वार्ताका लागि नयाँ दिल्लीमा छन् । यो वार्ता दुई वर्षपछि भएको हो ।

प्रतिक्रिया दिनुहोस्