Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : ओलीलाई प्रश्न साेध्ने माधव समूहकाे तयारीदेखि भीडभाड नगर्न सिडिओकाे निर्देशनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. नेकपा एमालेका आध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण जवाफसहित प्रश्न साेध्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहकाे तयारी ।

२. सरकारले परिस्थितीअनुसार लकडाउनबारे निर्णय लिने, कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको निर्देशन, होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र जमघट नगर्न प्रशासन कार्यालयलेको आग्रह, सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरे कारबाही गेर्न चेतावनी ।

३. अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने प्रधानमन्त्री केपी ओलीको दाबी, कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिने ओलीको प्रविबद्धता ।

४. प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता गर्न माधव समूह सहमत  ।

५. जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेटे, महतो र चौधरीबीच  एमालेसँग सत्ता साझेदारीमा जान हुने/नहुनेबारे छलफल ।

६. प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोप, २०६२/०६३ को जनआन्दोलन पछिको परिवर्तनलाई ओलीले नरुचाएको प्रचण्ड ठहर ।

७. कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएपछि गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन सुरु गर्यो, ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन गृहको पत्र, भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गरिने ।

८. नेकपा (एमाले)को केन्द्रीय कार्यालय थापाथलीमा सर्ने, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि नयाँ कार्यालयको खोजी सुरु गर्न थाल्यो ।

९. दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु, कम्तीमा ४०० जना बेपत्ता, करिब ५६० जना घाइते, सैनिक ‘कू’ को विरोध प्रदर्शनका क्रममा म्यान्मारमा पक्राउ गरिएका ६ सय भन्दा बढी मानिस रिहा ।

१०. र, राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा, विराजले घरेलु मैदानमा विश्व कप छनोटको खेलमार्फत सन्यास लिने, एन्फा प्रेसिडेन्ट लिगमा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लबकाे जित, धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएयाे, त्रिवेणी युवा क्लब लमजुङद्वारा सैनिक फुटबल क्लब झापा २–० ले पराजित

प्रतिक्रिया दिनुहोस्