Logo
Logo

म्याग्दीमा फेरि हिमपात : जनजीवन प्रभावित


- दृष्टि न्युज/संवाददाता


हिमपातले जनजीवन कष्टकर बन्दै मनाङ सदरमुकाम चामेमा माघ महिना देखी हाल सम्मको हिउँबाट यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । तस्वीर : रासस

गलेश्वर, १५ फागुन । फागुनको १५ वितसक्दा पनि हिमपात हुने क्रम जारी छ । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथोपटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याग्र्रिएर बस्न बाध्य भएका छन् ।
मंगलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ ।

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्