Logo
Logo

देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो : उपेन्द्र यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । यादबले कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा भनेका छन्, कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो ? यसको रहस्य के हो ? भन्ने कुरा आम जनताले सोचिराखेको छ ।

पिएम इन वेइटिङु भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त ‘वेइटिङ’मा मात्रै रहिरहन्छ ।  ‘वेइटिङ’ भनेको ‘वेइटिङ फर एक्सनु हो, ‘अलवेज वेइटिङ्’ मात्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।

प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र रु त्यो भूमिका र भनाइ त मिल्दैन । आजको कान्तिपुर दैनिकमा यो अन्तरवार्ता छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्