Logo
Logo

मौसम पुर्वानुमानः यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह


दृष्टि संवाददाता


काठमाडौं । आज (बिहीबार) देशको पहाडी भेगमा आंशिक बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तै राति भने सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । महाशाखाका अनुसार भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनःचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्