Logo
Logo

नेपाललाई जर्मनीको १० मिलियन युरो अनुदान


दृष्टि संवाददाता


काठमाडौं । जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको हो ।

यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको बताइएको छ ।

यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने बताइएको छ ।

सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन्, ‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’।

आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको उनको भनाई छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्