Logo
Logo

कंगनाको नयाँ फिल्म ‘थलाइवी’: साउथका चर्चित कलाकारहरुले गरे प्रशंसा


दृष्टि संवाददाता


काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘थलाइवी’ तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित रहेको छ ।

फिल्म ‘थलाइवी’को ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको प्रशंसा गरेका छन् । कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् ।

भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर अभिनेत्री प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन र नितु कपूर जस्ता सेलिब्रेटीले निकै प्रशंसा गरेका छन् । तर, कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

पछिल्लो समय सुशान्त राजपुतको मृत्युपछि झनै विवादमा आएकी कंगनाले बलिउडमा थुप्रै पटक विभिन्न विषयमा आवाज उठाएकी छिन् । उनको पछिल्लो समय फ्यानहरु बढ्दै गएका छन् ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्