Logo
Logo

सिन्धुलीका एसपी दुई महिनामै तानिए


दृष्टि संवाददाता


काठमाडौं, १३ चैत ।
सिन्धुलीका एसपी आभूषण तिमल्सिना दुई महिनामा तै तानिएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार उनलाई हटाएर एसपी गोविन्द थपलियालाई सिन्धुलीको जिम्मेवारी दिएको छ ।


उनको कार्यशैलीप्रति अत्याधिक गुनासो आएपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोत बताउँछ । उनको गत २१ पुसमा सिन्धुलीमा सरुवा भएको थियो ।
उग्र स्वभाव भएका एसपी तिमिल्सना यसअघि पनि अवधि नपुगी तानिदै आएका छन् । यसअघि कैलालीबाट पनि उनलाई ६ महिनामै हटाइएको थियो । स्याङजामा पनि उनको कार्यकाल त्यस्तै भयो । इन्सपेक्टरमा दरबारमार्ग हुँदादेखि नै उनी उग्र स्वभावको कार्यशैलीका कारण पटक पटक विवादमा पर्दै आएका छन् । यसपटक पनि त्यस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्