Logo
Logo

पुर्नगठनमा को को परे ? : प्रचण्ड छाडेर ओलीतिर लागेका आङबुहाङ अर्थमन्त्री


दृष्टि संवाददाता


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । नयाँ मन्त्रीहरुको शुक्रबार नै सपथग्रहण राखिएको छ ।
पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री बनाइएकाे छ । त्यस्तै, उषाकला राई सामाजिक विकासमन्त्रीमा चयन गरिँदैछ ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषि र कला घले कृषि राज्यमन्त्री भएका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । घलेलाई कृषि र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्