Logo
Logo

अपडेट… |पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्री अधकिारीसहित ६ जनाको टोली आज ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीका अनुसार पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर दुर्घटनामा परेको हो । गृहसचिव प्रेमकुमार राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

अपडेट…
हेलिकोप्टरमा यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ, विरेन्द्र श्रेष्ठलगायत सवार थिए ।

प्रतिक्रिया दिनुहोस्