Logo
Logo

पार्टीमै बसेर संघर्ष गर्ने नेपाल पक्षको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समति बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको हो ।
नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आज बालुवाटारमा बस्ने पार्टीको संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी हुँदैछ । बैठक ३ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्