Logo
Logo

नारायणघाट–बुटवल सडकखण्डको निर्माण समयमै सक्न संसदीय समितिको निर्देशन


दृष्टि संवाददाता

441
Shares

नारायणघाट–बुटवलकाे निर्माणाधिन सडकखण्ड

काठमाडौं । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडकखण्डको निर्माण तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

पूर्वतयारी बिना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरु गर्न निर्देशन दिएको छ ।

समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्