Logo
Logo

पाथीभरा हेलिकोप्टर दुर्घटनामा योगेश भट्टराईको गम्भीर प्रश्न


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाले देश नै स्तब्ध भएको छ । पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।


खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । मौसक खराब हुँदा हुँदै किन हेलिकोप्टर उडाइयो भनेर धेरैले आशंका व्यक्त गरेका छन् । नेकपाका नेता योगेश भट्टराईले पनि आशंका व्यक्त गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्– भिआईपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

प्रतिक्रिया दिनुहोस्