Logo
Logo

अर्घाखाँचीमा माधव पक्षको समानान्तर कमिटी


दृष्टि संवाददाता


अर्घाखाँची । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी गठन गर्न थालेको छ । अर्घाखाँचीमा माधव पक्षले समानान्तर कमिटी गठन गरेको हो ।

एमालेका जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय कमिटी बनाइएको छ । एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य केपी शर्मा ओली पक्षमा छन् । माधव समूहको समानान्तर कमिटीले चैत अन्तिमसम्ममा जिल्लाभित्रका सबै पालिका, वडा र टोलहरुमा कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ ।

समानान्तर कमिटीको शनिबार बसेको बैठकमा एमाले प्रदेश कमिटी सदस्यहरु पिताम्बर भुसाल, यमुना भुसाल, संविधानसभा सदस्य दुमन थापा लगायतले एमालेलाई विधि, प्रक्रिया र जनताको चाहना अनुरुप अघि बढाउन आवश्यक रहेको बताएका थिए । उनीहरुले ओलीले एमाले विभाजनतर्फ लगेको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्