Logo
Logo

मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , १६ फाल्गुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छिन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको रवीन्द्र अधिकारीका परिवारमा समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्री निवास पुल्चोक पुगेर स्व‍। अधिकारीका परिवारलाई भेटेका थिए। बुधबार हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्